प्रदेश १: अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसद निलम्बन – Nepal Press

प्रदेश १: अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसद निलम्बन

विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १५ सांसदलाई निलम्बन गरेका छन् ।

स्पष्टीकरणको चितोबुझ्दो जवाफ नदिएको भन्दै उनले ती सांसदमाथि कारबाही गरेका हुन्। निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव पक्षका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ती सांसदलाई मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुकाे कारणसहित प्रष्टीकरण सोधेका थिए।

प्रष्टीकरण सोधिएका १९ मध्ये १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् ।

चार जना सांसदले भने प्रष्टीकरणको जवाफ फर्काएका थिए । लिखित जावाफ दिएको भन्दै मुख्यमन्त्री राईले सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईमाथि भने कुनै कारबाही गरेका छैनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर