सभामुखले भने–प्रतिनिधिसभा भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन – Nepal Press

सभामुखले भने–प्रतिनिधिसभा भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।

विभिन्न राजनीतिक दल आबद्ध महिला संगठनहरुको ध्यानाकर्षण बुझ्दै सभामुख सापकोटाले शुक्रवार भने, ‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छु ।’

सभामुख सापकोटाले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । सापकोटाले आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए । सापकोटाले दलहरुसँगको बैठक बोलाउन खोजिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “सभामुखले भने–प्रतिनिधिसभा भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन

  1. छोड्दिनोस सम्माननीय सभामुखज्यू यस्ता कुरा गर्न । कानुनी अधिकार र कर्तब्यभित्र आफु कत्तिको बसिएको छ पहिले त्यसको आत्म समिक्षा गर्नोस अनि अरुमाथि औंला ठडाउनोस। १०.३० बजे भनेर तोक लाउनु , संवैधानिक परिषद बैठकमा नजानु, सरकारले संसदमा दर्ता गराएको बिधेयक र प्रस्तावहरु संसद बैठकमा पेशै नगरि अड्काएर राख्नुलाई पनि जनताले हेरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर