चौधरीको प्रश्न– प्रचण्डले के चाहेर पार्टी एकता गरे, के नपाएर फुटाए ? – Nepal Press

चौधरीको प्रश्न– प्रचण्डले के चाहेर पार्टी एकता गरे, के नपाएर फुटाए ?

काठमाडौं । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले आफू केपी ओलीको पक्षमा लागेपछि प्रचण्ड आत्तिएर अनर्गल प्रचारमा उत्रिएको आरोप लगाएका छन् । नेकपाको सदुरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै चौधरीले बाह्य शक्तिको चलखेलमा प्रचण्डले पार्टी फुटाएको टिप्पणी गरे ।

कार्की पार्टी प्यालेसमा आयोजित भेलामा उनले भने–प्रचण्डले के चाहेर पार्टी एकता गरे र अहिले के नपाएर पार्टी फुटाए रुइतिहासले साबित गर्नेछ । मलाई प्रधानमन्त्रीले सरकारमा प्रतिनिधित्व गर्ने अवसर दिएपछि प्रचण्ड आत्तिएका हुन् ।

तत्कालिन माओवादीबाट निर्वाचित चौधरी प्रचण्ड–माधव नेपाल पक्षबाट अन्तिम घडीमा ओली पक्षमा लागेका थिए । उनी अर्को पक्षको बैठकमा समेत सहभागी थिए । चौधरी ओली पक्षमा लागेपछि कैलालीमा उनको विरुद्ध अर्को पक्षले आक्रामक अभियान चलाएको छ ।

कैलालीबाट निर्वाचित तत्कालिन माओवादीका दुवै नेता लेखराज भट्ट र चौधरी ओलीतिर लागेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर