नेकपा वागमतीको संसदीय दल विभाजन, अष्टलक्ष्मी नेता चयन – Nepal Press

नेकपा वागमतीको संसदीय दल विभाजन, अष्टलक्ष्मी नेता चयन

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाई अष्टलक्ष्मी शाक्य चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय गरेको प्रदेश सांसद रचना खड्काले नेपाल प्रेसलाई बताइन् ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदनमात्र गरेको खड्काले जानकारी दिइन् । पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ ।

दलको बैठकमा पौडेलले सोधेको स्पष्टीकरणको जवाफ दिन नपर्ने बारे छलफल भएको उनले बताइन् । ‘उहाँ आफैं अल्पमतमा परेर दलको नेता रहनुभएन, त्यसैले उहाँले स्पष्टिकरण सोध्ने हैसियतनै रहेन’ खड्काले भनिन् ।

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको खड्काको दावी छ । तर दुवै पक्षले सरकार बनाउन वा टिक्नका लागि कांग्रेसको साथ खोजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर