मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मीले बोलाइन् दलको बैठक – Nepal Press

मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मीले बोलाइन् दलको बैठक

काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड-माधव नेपाल पक्षले वागमती प्रदेशसभा संसदीय दलको बैठक काठमाडौंमा बोलाएको छ ।

मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले दलको बैठक बस्न लागेको जानकारी दिइन् ।

शाक्यका अनुसार सबै प्रदेशसभा सदस्यहरु काठमाडौंमै रहेकाले केन्द्रीय कार्यालय पेरिसडाँडामै संसदीय दलको बैठक बस्दैछ । आफ्नो पक्षमा नेकपाका बहुमत सांसदहरु रहेकाले आफूहरु नै आधिकारिक भएको शाक्यको भनाइ छ ।

शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा डोरमणि पौडेलसँग १० मतले पराजित भएकी थिइन् । तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको दावी गरिएको छ । दलको बैठकले शाक्यलाई नेता चयन गर्ने सम्भावना रहेको एक सांसदले बताए ।

मुख्यमन्त्री पौडेलले दलको विधान विपरित अनुशासनहीन काम गरेको भन्दै उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदमुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर