ओलीविरुद्ध होइन, निरंकुशताविरुद्धको आन्दोलनमा छौंः अष्टलक्ष्मी शाक्य – Nepal Press

ओलीविरुद्ध होइन, निरंकुशताविरुद्धको आन्दोलनमा छौंः अष्टलक्ष्मी शाक्य

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीविरुद्ध भन्दा पनि निरंकुशता र प्रतिगमनविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएकी छिन् ।

प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीलाई प्रतिगमनको नेतृत्वकर्ता भएको आरोप लगाइन् ।

‘ओलीले प्रतिगमनको नेतृत्व गरे’ उनले भनिन्, ‘हाम्रो विरोध व्यक्तिविरुद्ध होइन, प्रतिगमनविरुद्ध हो ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारको पनि नेतृत्व गरेको उनको आरोप छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर