नेप्सेमा ५ अंकको वृद्धिसँगै नागरिक लगानी कोष सकारात्मक सर्किट ब्रेक नजिक – Nepal Press

नेप्सेमा ५ अंकको वृद्धिसँगै नागरिक लगानी कोष सकारात्मक सर्किट ब्रेक नजिक

आज नेप्से ५‍.५७ अंकले उकालो लागेको छ । मंगलबार ०.२८ प्रतिशतले बढ्दै नेप्से २ हजार १२.८९ विन्दुमा रोकिएको छ ।

आज भएको ८० लाख १ हजार ३१४ कित्ताको किनबेचमा ४ अर्व ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज लगानीकर्ता नागरिक लगानी कोषमा ओइरिंदा कोषको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नारायणी विकास बैंकको शेयर पनि करीब १० प्रतिशतले बढेको छ । आज भएको कारोबारमा सबैभन्दा बढी नबिल बैंकको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *