‘प्रस्तावित मुख्यमन्त्री’ आचार्य भन्छन्ः कांग्रेस, जसपासित मिलेर मिलेर सरकार बनाउँछौ – Nepal Press

‘प्रस्तावित मुख्यमन्त्री’ आचार्य भन्छन्ः कांग्रेस, जसपासित मिलेर मिलेर सरकार बनाउँछौ

‘ओलीको नेतृत्वमा चुनाव भए पनि अस्वीकार गर्छौ’

विराटनगर । प्रचण्ड–माधव नेपाल पक्षीय समूहले पदेश १ को मुख्यमन्त्री प्रस्ताव गरेका नेता भीम आचार्यले कांग्रेस, जसपालगायतका दलसित मिलेर सरकार बनाउने बताएका छन् । विराटनगरको तीनपैनीमा पत्रकार सम्मेलन गर्दै आचार्यले भने, ‘सबै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर सरकार बनाउछैं ।’

आइतबार ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्ताव गरिएका आचार्यले आफ्नै पार्टीसँग सरकार बनाउँन आवश्यक सांसद भए पनि अरु दलहरुसँग पनि मिलेर जाने बताए। प्रदेशका नेकपा नेताहरू टंक आङबुहाङ, इन्द्र आङ्बो र तुल्सी न्यौपानेसँगै बसेर गरेको पत्रकार सम्मेलनमा आचार्यले प्रदेश सरकारको आलोचना गरे ।

जनताको काम गर्न नसेकेको, कानुन निर्माणमा ढिलाइ गरेको, आर्थिक अनुशासन कायम नगरेको भन्दै आचार्यले सरकारको विरोध गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेर लोकतान्त्रिक गणतन्त्र नै धरापमा पारेको आचार्यले आरोप लाए । ओलीले घोषणा गरेको बैशाखमा चुनाव नहुने र ओली नेतृत्वमा भएको चुनाव दलहरुले अस्वीकार गर्ने आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर