नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ कतै नलाग्ने – Nepal Press

नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ कतै नलाग्ने

काठमाडौं । राष्ट्रियसभाको नेकपाको संसदीय दलको नेता दिनानाथ शर्माले आफू पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलागेको बताएका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभाको बैठक पुस १७ गतेबाट आह्वान भइसकेको बेला दलका नेता शर्मा तटस्थ बस्न लागेका हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीनजना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जना मध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बसेका छन् भने शर्मा प्रचण्ड–माधव नेपाल पक्षले बोलाएको सांसदहरुको बैठकमा सहभागी थिए । तर उनले आज नेपाल प्रेससँग कुरा गर्दै आफू स्वतन्त्र भूमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताए ।

शर्माले भने– म स्वतन्त्र भूमिकामा रहने भएको छु । पार्टी मिलाउन वामदेव गौतमसँग पनि छलफल गर्दैछु । हामी दुवैजना एउटै कित्तामा भयौं अहिले । उसैपनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन, त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन । मलाई कुनै पनि गुटमा सामेल नगर्नुस् ।

आफू नेकपाको संसदीय दलको नेता भएकाले अलग अलग बैठक बस्न नदिन पनि तटस्थ भूमिकामा रहने उनले बताए ।


प्रतिक्रिया

One thought on “नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ कतै नलाग्ने

  1. सही निर्णय । नेता हुन यस्तै तटस्ठता चाहिन्छ । मिलाउन सक्नुभो भने अझै ठूलो नेता बन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर