ताजा जनादेश उपयुक्त विकल्प: कमल थापा – Nepal Press

ताजा जनादेश उपयुक्त विकल्प: कमल थापा

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट, कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन्।

आइतबार पर्साको वीरगंजमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए।

पुष्कमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको उनको अरोप थियो। नेकपाभित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो।

अर्को एक फरक प्रसंगमा थापाले आफूहरुले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, कांग्रेस, कम्युनिष्ट र मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर