गालीगलाैज रोक्न नेकपा नेताहरुलाई हरिबोलको आग्रह – Nepal Press

गालीगलाैज रोक्न नेकपा नेताहरुलाई हरिबोलको आग्रह

काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुुर्भाग्यपूूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले एकअर्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलाैज र टीकाटिप्प्णी रोक्न दुुवै समूहलाई सल्लाह दिए ।

नेता गजुुरेलले भने, “स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजी विनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुुटिपूूर्ण छ ।” उहाँले पार्टी विभाजनले उपलब्धि संस्थागत गर्न चुनौती खडा हुुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तर्राष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राखे ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुुरेलले भने “पछिल्लो समय थेग्नै नसक्ने गरी विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्‍यो ।”

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुुल्याउन गुुटबन्दी होइन, विचार समूूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमानदारीपूर्वक वकालत गर्दै आएको घटना सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर