माइतीघरमा मखुण्डो – समृद्धिको यात्रा, ओलीको गाईजात्रा (फोटो फिचर) – Nepal Press
माइतीघरमा मखुण्डो – समृद्धिको यात्रा, ओलीको गाईजात्रा (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७७ पुष ११ गते १५:५९
२०७७ पुष ११ गते १५:५९

विभिन्न पेशा व्यवसायमा आबद्ध नागरिक अगुवाहरुको एउटा समूहले शनिबार प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा उक्त प्रदर्शन भएको हो ।

सहभागीले समृद्धिको यात्रा– ओलीको गाईजात्रा, म नागरिक संविधानको पालक– नेताज्यू तपाइँ नि ?, संविधानमाथि तीरैतीर–प्रतिगामीलाई खीरैखीर लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त अवसरमा बृहत् नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । आगामी १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने योजना उनीहरुको छ । उनीहरुले संविधान भित्रैबाट समाधान खोज्न समेत माग गरेका छन् ।