नि:शुल्क खानासँगै न्यानो ब्ल्याङ्केट वितरण – Nepal Press

नि:शुल्क खानासँगै न्यानो ब्ल्याङ्केट वितरण

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्ल्याङ्केट वितरण गरेको छ ।

शनिबार थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्ल्याङ्केट वितरण गरेको हो ।

जाडो समयमा न्यानो कपडाको आवश्यक पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्ल्याङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

‘भोक मुक्त, नाङ्गो मुक्त र भेदभाव मुक्त राष्ट्र निर्माण’ अन्तर्गत घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई जाडो समयमा प्रयोग गर्ने ब्ल्याङ्केट वितरण गरिएको पन्तले बताए ।

कोभिडका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर