प्रचण्डलाई वामदेवले भने– जे गरे पनि एकताको ठाउँ बाँकी राख्नूस् – Nepal Press

प्रचण्डलाई वामदेवले भने– जे गरे पनि एकताको ठाउँ बाँकी राख्नूस्

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले एकताको ठाउँ राखेर आफ्ना गतिबिधि अघि बढाउन विभाजित पार्टीका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्डले बोलाएर आज विहान खुमलटार पुगेका गौतमले पार्टीमा फेरि पनि एकता कायम गर्ने पक्षमा आफ्नो प्रयास हुने जानकारी दिएको गौतम निकट स्रोतले जनाएको छ ।

गौतमको भनाइ थियो–म प्रतिनिधिसभा विघटनको विपक्षमा छु र त्यो अडानमा कायमै छु । तर तपाईहरुले जे गरे पनि एकताको ठाउँ राख्नुस । म फेरि पनि तपाईले बोलाउँदा कुरा गर्न आउछु । तर एकताको लागि मेरो प्रयास जारी रहनेछ ।

प्रचण्डले भने गौतमलाई उनकै भनाइ अनुसार आफूहरु अघि बढेको तर निर्णायक बेलामा आफूतिर नलागेको भन्दै साथ दिन आग्रह गरेका थिए । गौतम भने प्रतिनिधिसभा विघटनको मुद्दामा सर्बोच्च अदालतको फैसलापछिमात्र आफ्नो कित्ता प्रष्ट पार्ने सोचमा रहेको बताइएको छ ।

पछिल्लो समय गौतम र रामवहादुर थापा बादल दुवैतिर नलागी अपसी छलफलमा थिए । तर अन्तिममा बादल अ‍ोलीतिर लागे पनि गौतम भने कतै खुलेका छैनन् । उनी निकट नेताहरु दुईतिर बिभाजित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर