प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, क-कसको हुँदैछ शपथ ग्रहण ? – Nepal Press

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, क-कसको हुँदैछ शपथ ग्रहण ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार अहिले केहीबेरमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदैछ ।

बालुवाटार स्रोतका अनुसार टोपबहादुर रायमाझी, मणि थापा, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री बनाउने तयारी छ ।

केही साबिकका मन्त्रीहरुको मन्त्रालय हेरफेर समेत गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य, महिला बालबालिकालगायतका मन्त्रीहरुको मन्त्रालय परिवर्तन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ