ओली पक्षीय अनेरास्ववियूको १ हजार ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा – Nepal Press

ओली पक्षीय अनेरास्ववियूको १ हजार ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा

संयोजक ऐन महर भन्छन-अल्पमतको सहसंयोजकले कारवाही गरेँ भन्नु पागलपन

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अनेरास्ववियूले अल्पमतले बहुमत पक्षलाई कारबाही गरें भन्नु हास्यास्पद रहेको बताएको छ ।

ओली पक्षले दोस्रो केन्द्रीय कमिटीको बैठक बोलाएपछि प्रचण्ड–माधव पक्षले संयोजक ऐन महर पक्षलाई शुक्रबार कारबाही गरेको बताएको थियो ।

सहसंयोजक रञ्जित तामाङ समूहले विज्ञप्ति जारी गर्दै ‘संगठनको नीति, निर्णय र विधान विपरीतका महरले काम जारी राखेकाले’ संगठनको बहुमतको निर्णयअनुसार कारबाही गरिएको बताएको छ।

तर, संयोजक महरले भने अल्पमत पक्षले आफूलाई कारबाही गरेको भन्नु हास्यास्पद रहेकाे बताए। उनले भने, ‘सहसंयोजकले संयोजकलाई कारबाही गरे भन्नु हास्यास्पद हो ।’

आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएको भन्दै उनले आजको बैठकले विधान संशाेधन गरेर साविकको ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ९९ सय बनाएको बताए ।
उनका अनुसार ३३५ मध्ये १७० केन्द्रीय सदस्य आजको बैठकमा उपस्थित थिए।

काठमाडौंको नयाँबजारमा बसेको बैठकले ६५४ नयाँ सदस्य मनोनीत गरेको र बाँकी पछि थप गरिने उनले जानकारी दिए । अर्को बैठक आइतबार फेरि बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर