बेलायतका नेपाली वैज्ञानिकलाई प्रश्न– कस्तो हाे नयाँ कोरोनाभाइरस ? – Nepal Press

बेलायतका नेपाली वैज्ञानिकलाई प्रश्न– कस्तो हाे नयाँ कोरोनाभाइरस ?

नेपाल प्रेस २०७७ पुष ८ गते २०:५४
२०७७ पुष ८ गते २०:५४

काठमाडौं । के बेलायतमा देखिएको कोरोनाभाइरस नेपालसम्म पुग्ला ? सरकारले बेलायतबाट नेपाल आगमनमा रोक लगाएसँगै चिन्ता र चासो बढेको छ ।बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ ।

हालसम्मको अध्ययन अनुसार यो भाइरस पुरानो कोरोनाभाइरस भन्दा ७० गुणा संक्रामक छ ।नयाँ स्वरुपको कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्छ ।

बेलायतमा देखिएको नयाँ कोरोनाभाइरसको स्वरुप के हो ? पुरानो कोरोनाभाइरस विरुद्ध बनाइएका खोपले यो भाइरसलाई काम गर्छ कि गर्दैन ? विश्वमा फेरि यो भाइरस फैलिने सम्भावना कत्तिको छ ? अहिले बेलायतको अवस्था कस्तो छ ? नेपालमा नयाँ स्वरुपको कोरोनाभाइरस आउने सम्भावना कत्तिको छ लगायतका विषयमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका र हाल कोभेन्ट्री विश्वविद्यालयमा इपिडिमियोलोजी तथा हेल्थ केयर रिसर्च विषयका सहप्राध्यापक डा. ओम कुर्मीसँग नेपाल प्रेसले भिडियो वार्ता गरेको छ । जसले सबैको चासो र चिन्तालाई सम्बोधन गर्नेछ ।

हेर्नुस्,विशेषज्ञ कुर्मीको अन्तर्वार्ता