ओली नेतृत्वको नेकपा निर्वाचन आयोगमा, केन्द्रीय कमिटी पुनर्गठनको जानकारी – Nepal Press

ओली नेतृत्वको नेकपा निर्वाचन आयोगमा, केन्द्रीय कमिटी पुनर्गठनको जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीको केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना निर्वाचन आयोगलाई दिएको छ ।

केन्द्रीय कमिटी बैठक चलिरहँदा आयोगमा केन्द्रीय कमिटी पुनर्गठनको सूचना पुगेको हो । पार्टीले विधान संशोधनलगायतका निर्णयहरु निर्वाचन आयोगलाई जानकारी दिइसकेको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाल प्रेसलाई बताए ।

अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलसहित पार्टीको आधिकारिक माइन्युट नै आफूहरुसँग रहेकाले ओली नेतृत्वको नेकपा नै वैधानिक हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । यसअघि प्रचण्ड–माधव नेपाल पक्षले ओलीमाथि कारबाहीको पत्र निर्वाचन आयोगलाई दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर