कांग्रेस कार्यालयमा तरुण विद्यार्थीको प्रदर्शन

२०७७ पुष ७ गते १३:४५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकस्थल सानेपामा तरुण विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
तरुण दल र नेविसंघको कार्यसमितिलाई पूर्णता दिन माग गर्दै तरुण दल र नेविसंघका कार्यकर्ताहरुले ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । सभापति शेरबहादुर देउवा भर्खरै बैठकस्थलमा आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर