कार्की पार्टी प्यालेसमा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक – Nepal Press

कार्की पार्टी प्यालेसमा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकअघि कार्की पार्टी प्यालेस बबरमहलमै स्थायी कमिटी बैठक बसेको छ ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा केहीबेर सचिवालयका चार नेताको बैठक बसेर स्थायी कमिटी बैठक बसेको हो ।

केन्द्रीय कमिटी बैठकका कार्यसूची स्थायी कमिटीबाट पारित गर्ने प्रयोजनका लागि नेताहरु बसेको नेता गणेश साहले बताए ।

यसअघि माधव नेपाल सहितका नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा बोलाउन निवासमै पुगेका थिए । तर गौतमले दुवै पक्षका बैठकमा सहभागी नहुने बताएका छन् ।

अर्का नेता रामवहादुर थापा बादल पनि दुवै पक्षका बैठकमा सहभागी नहुने भएका छन् । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटी बैठकले आज अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर