नेकपा प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदीप ज्ञवाली बनाउने ओली पक्षको निर्णय – Nepal Press
ब्रेकिङ

नेकपा प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदीप ज्ञवाली बनाउने ओली पक्षको निर्णय

काठमाडौं । सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदीप ज्ञवाली तोकिएका छन् ।
पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर