बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण – Nepal Press

बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् ।

महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथग्रहण गराइएको केन्द्रीय सदस्य माधव ढुंगेलले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।

अध्यक्ष ओली प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर