जसपाले बुधबार देशभर प्रदर्शन गर्ने – Nepal Press

जसपाले बुधबार देशभर प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) आन्दोलित बनेको छ ।

जसपाले पुस ८ गते बुधबार देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा भंग गर्ने निर्णय अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी भएको ठहर समेत गरेको छ ।

बैठकपछि जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले ट्वीट गर्दै थप संघर्षका कार्यक्रम र रणनीति तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर