प्रतिनिधिसभा विघटन विरुद्ध सर्वाेच्चमा १२ रिट दर्ता, एक रिट संवैधानिक इजलासमा – Nepal Press

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वाेच्चमा १२ रिट दर्ता, एक रिट संवैधानिक इजलासमा

काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतमा १२ वटा रिट निवेदन दर्ता भएका छन् ।

आइतबारदेखि नै दर्ताको प्रतीक्षामा रहेका सहित थप नयाँ समेत गरेर दशवटा रिट दर्ता भएको सर्वाेच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

रिट निवेदनहरुमा प्रतिनिधिसभा विघटनलाई मान्यता दिन नहुने जिकिर गरिएको छ । त्यस्तै संवैधानिक परिषदको बैठक बसेर सिफारिश गरेको भनी संसद सचिवालयमा पठाएको संवैधानिक नियुक्तिहरुको निर्णयविरुद्ध पनि रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतका रिट दर्ता भएको सर्वाेच्च अदालतले जनाएको छ । १२ मध्ये दुईवटा रिट संवैधानिक इजलासमा पठाइएको छ ।

रिटहरुमाथिको पेशी बुधवारलाई तोकिएको छ भने संवैधानिक इजलासको पेशी शुक्रवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर