संसद भवनमा प्रचण्ड–माधव पक्षधर सांसदको हस्ताक्षर संकलन – Nepal Press

संसद भवनमा प्रचण्ड–माधव पक्षधर सांसदको हस्ताक्षर संकलन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाका प्रचण्ड–माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ ।

संसद भवनको ल्होत्से हलमा प्रचण्ड पक्षका सांसदहरुको बैठकअघि हस्ताक्षर गराइएको हो ।

सभामुखले विशेषाधिकार प्रयोग गरेर संसद बैठक बोलाउनुपर्ने भनेर परामर्श भइरहेका बेला प्रचण्ड पक्षले विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको हस्ताक्षर गराएको हो ।

नेकपाका प्रचण्ड माधव नेपाल पक्षधर सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्बोच्च अदालत जाने तयारी समेत भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर