पार्टी प्यालेसमा बसेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी – Nepal Press
प्रचण्ड–माधव पक्षको बैठक भोलि

पार्टी प्यालेसमा बसेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी

काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गर्नका लागि नेकपाका प्रचण्ड र माधव नेपाल पक्षले मंगलबार बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की प्यार्टी प्यालेसमा बस्ने भएको छ ।

४४१ सदस्यीय रहेको नेकपा केन्द्रीय कमिटीमा बहुमत संख्या आफ्नो पक्षमा भएको प्रचण्ड पक्षको दाबी छ । अध्यक्ष प्रचण्डले सोमबार विज्ञप्तिमार्फत ओलीमाथि अनुशासनको कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय भइसकेको बताएका छन् ।

प्रचण्ड निकट एक नेताका अनुसार ओलीलाई भोलिको बैठकले पार्टी अध्यक्षबाट हटाउने निर्णय गर्न सक्छ । यद्यपि कानूनी रुपमा उक्त निर्णयको वैधतामाथि प्रश्न उठ्नेछ ।

नेकपाले निर्वाचन आयोगमा बुझाएको कागजातमा दुवै अध्यक्षले प्रमाणीकरण गरेको निर्णय मात्र पार्टीको आधिकारिक निर्णय मानिने उल्लेख छ । भोलिको बैठकले ओलीलाई हटाउने निर्णय गरेमा प्रचण्ड–माधव नेपाल पक्षले पार्टी फुटाएको बुझिने र मूल पार्टीको दाबी गरेर ओली निर्वाचन आयोगमा अर्को निर्णय सहित जाने बाटो खुल्ने बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने भनिएको थियो । प्रतिनिधिसभा विघटनपछि अब ओली र प्रचण्डसहितको बैठक बस्न नसक्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर