केन्द्रमा विभाजनको तयारी हुँदा धनकुटाका नेकपा नेता एकढिक्का – Nepal Press

केन्द्रमा विभाजनको तयारी हुँदा धनकुटाका नेकपा नेता एकढिक्का

धनकुटा । धनकुटाका नेकपा नेताहरुले केन्द्रमा जे जस्तो अवस्था आए पनि जिल्लामा एक रहने हुने प्रतिबद्धता व्यक्त गरेका छन ।

नेकपा जिल्ला अध्यक्ष एवंम् विघटित प्रतिनिधि सभाका सांसद राजेन्द्र राईले साेमबार पत्रकार सम्मेलन गर्दै केन्द्रको झगडा आफूहरुको नियन्त्रणको विषय विषय नभएको भन्दै जिल्लामा कति पनि विचलित नभई एक ढिक्का हुने बताए ।

‘केन्द्रको जिम्मा लिने कुरा भएन तर, जिल्लामा पार्टी एक भएर लग्ने हो ’ राईले भने ‘पार्टी एक हुनलाई हामी जस्तोसुकै कदम चाल्न चाहन्छौँ ।’

उनले कसले सही र गलत गर्‍याे भन्ने पक्षमा नभएको भन्दै जिल्लामा एक भएर सम्पुर्ण पार्टी पंक्तिका कार्याकर्तालाई नआत्तिन आग्रह गरे । पत्रकार सम्मेलनमा पूर्वएमाले तर्फबाट प्रदेश सभा सदस्य निरन राईको उपस्थिति रहेको थियो ।

पूर्वमाओवादीतर्फबाट नेकपा प्रदेश कमिटि सदस्य उज्वल किराती र जिल्ला कमिटीका सदस्यहरु नेत्र भण्डारी र कविता कङदंवा लगायतका नेताहरुको उपस्थिति  थियो । धनकुटामा तत्कालीन एमालेले स्थानीय निर्वाचनमा सबै स्थानीय तहमा क्लीन स्वीप गरेको थियो ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले हिजो साँझ धनकुटाको मदन चौकमा विरोध कार्यक्रम सम्पन्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर