संवैधानिक परिषद्ले नियुक्ति सिफारिश गरेकाको सुनुवाई नहुने – Nepal Press

संवैधानिक परिषद्ले नियुक्ति सिफारिश गरेकाको सुनुवाई नहुने

काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाई नहुने भएको हो ।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाईका लागि संसद सचिवालयमा आयुक्तहरुको नाम सिफरिस भएपनि समितिको अस्तित्व नभएका कारण सुनुवाई नहुने बताए ।

प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त समिति भएपनि प्रतिनिधिसभा विघटन भएकाले बैठक बस्न नसक्ने उनको भनाई छ । विभिन्न संवैधानिक आयोगहरुमा ४५ जनाको नाम सिफरिस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर