९० सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावमा के छ ? (सूचीसहित) – Nepal Press

९० सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावमा के छ ? (सूचीसहित)

काठमाडौं  । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन सिफारिश गरेको पुष्टि भएको छ ।

प्रचण्ड, माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव तयार पारेको सूचना बालुवाटारमा पुगेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

मन्त्रिपरिषद बैठक चलिरहेकै बेला अविश्वास प्रस्ताव लिएर भीम रावललगायतका नेकपा नेता संसद सचिवालय पुगेका थिए ।

अविश्वास प्रस्तावमा प्रधानमन्त्री सम्पूर्ण रुपमा असफल भएको भन्दै प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर निवेदन दर्ता गरिएको थियो । अविश्वास प्रस्ताव संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा दर्ता भएको थियो । त्यहीबेला मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो ।

प्रधानमन्त्रीविद्धको अभियोग र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची हेर्नुहोस् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर