वामदेवले बोली फेरे, भने- प्रधानमन्त्रीको कदम गलत – Nepal Press

वामदेवले बोली फेरे, भने- प्रधानमन्त्रीको कदम गलत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् ।

उनले एक विज्ञप्तिमार्फत उनले नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक र भर्त्सनायोग्य भएको बताए ।

‘गत आमनिर्वाचनमा झण्डै दुई तिहाइ प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधाननमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंवैधानिक कदम गलत र भर्त्सनायोग्य छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रम ओलीको यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने चिन्ता विज्ञप्तिमा उल्लेख छ ।

गौतमले विभिन्न राजनीतिक तथा संवैधानिक मामलाका जानकारसँगको परामर्शपछि यो निष्कर्ष निकालेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर