प्रतिनिधिसभा तीन वर्षमै विघटन, २०७८ वैशाखमा मध्यावधि निर्वाचन – Nepal Press
ब्रेकिङ

प्रतिनिधिसभा तीन वर्षमै विघटन, २०७८ वैशाखमा मध्यावधि निर्वाचन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै विलम्ब नगरी मन्त्रिपरिषदको सिफारिशबमोजिम प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको लागि मिति तोकेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्ति जारी गरी २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकेको जनाएका छन् ।

संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ लाई टेकेर राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिश सदर गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यता तथा नेपालको आफ्नै संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम सो कदम चालेको प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर