मन्त्रिपरिषद् बैठकः संसद विघटनको सिफारिश – Nepal Press
ब्रेकिङ

मन्त्रिपरिषद् बैठकः संसद विघटनको सिफारिश

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेका छन् ।

मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिश गरिएको एक मन्त्रीले बताए । श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवका अनुसार बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरिएको निर्णय सुनाएर हिंडेका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद विघटनको सिफारिश भएको हो । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।

 


प्रतिक्रिया

4 thoughts on “मन्त्रिपरिषद् बैठकः संसद विघटनको सिफारिश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर