अध्यादेश फिर्ता होला तर सरकारको ‘निकम्मापन’ फिर्ता हुँदैन : उपसभापति निधि – Nepal Press

अध्यादेश फिर्ता होला तर सरकारको ‘निकम्मापन’ फिर्ता हुँदैन : उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अध्यादेश गरिएपनि सरकारको ‘निकम्मानपन’ फिर्ता नहुने टिप्पणी गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयबीच अध्यादेश फिर्ता गर्ने सहमति भएलगत्तै उपसभापति निधिले सरकारको असफलता जनतामाझ छताछुल्ल भइसकेको बताए ।

‘अध्यादेश ल्याउन सरकारको ठूलो गल्ती थियो । अब फिर्ता गर्छ भनेपनि सरकारकै असफलता हो । यो सरकार निकम्मा रहेछ भनेर जनताले त थाहा पाएनि ।’, निधिले नेपाल प्रेससंग भने ।

उनले नेकपाको विवादबारे कांग्रेस निरपेक्ष रहने तर संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथिको प्रहार कुनै हालतमा नसहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर