देउवा निवासमा विपक्षी दलको बैठक, माधव नेपाल पनि मिसिए – Nepal Press

देउवा निवासमा विपक्षी दलको बैठक, माधव नेपाल पनि मिसिए

काठमाडौं । बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ ।

उक्त बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् ।

बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ ।

सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो । अशोक राईले जसपा नेपाल फुटाएर जसपा गठन गरेपछि गठबन्धनमा माधव नेपालको धम्की कम भएको थियो ।


प्रतिक्रिया

2 thoughts on “देउवा निवासमा विपक्षी दलको बैठक, माधव नेपाल पनि मिसिए

  1. जसपा नेपाल अशोक राईले नभै ओलि र प्रचण्डले फुटाएको हो ।सत्य बोल्नु पर्छ , सत्य लेख्नु पर्छ ।

  2. उपेन्द्र र माकुने खराब नभएको भए किन फुट्नु पर्थ्यो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर