आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हान्ने ट्रम्पको दाबी – Nepal Press

आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हान्ने ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएको भए बेइजिङ र मस्कोमा बम हमला गर्ने बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेन हमला गर्ने रुस र ताइवानमा हमला गर्ने चीन आफ्नो कार्यकालमा भएको भए बम हान्ने उनले बताएका हुन् ।

चुनावी चन्दादाताहरूसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् । यो खबर वासिङटन पोस्टले मङ्गलवार प्रकाशन गरेको थियो । उसले स्रोतको आधार दिएर यस्तो समाचार बनाएको थियो ।

यद्यपि, डोनाल्ड ट्रम्पको चुनावी अभियानको वासिङटन पोस्टको समाचार मिथ्या सूचना भएको बताएको छ ।

यस अगाडि आफू राष्ट्रपति चुनिएमा रुस र युक्रेन समस्या २४ घण्टामा समाधान गर्ने ट्रम्पले सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर