भोजपुर पोखरेका रामु ९ वर्षदेखि सम्पर्कविहीन, खोजीका लागि परिवारको याचना – Nepal Press

भोजपुर पोखरेका रामु ९ वर्षदेखि सम्पर्कविहीन, खोजीका लागि परिवारको याचना

भोजपुर । भोजपुर नगरपालिका-८ पोखरेका रोहिणी दाहाल (रामु) ९ वर्षदेखि सम्पर्कविहीन भएका छन् । खोजीका लागि हुनेसम्मको प्रयास गर्दा पनि अहिलेसम्म कहाँ कुन अवस्थामा छन् अत्तोपत्तो नभएपछि परिवार चिन्तामा छन् ।

ललितपुर महालक्ष्मीथानमा डेरा लिई बस्दै आएका रामु पाटन औद्योगिक क्षेत्रमा काम गर्थे । भोजपुर बहुमुखी क्याम्पसमा स्नातकसम्मको पढाइपश्चात उनी रोजगारीका लागि राजधानी छिरेका थिए । २०७२ को असार ५ गते कोठाबाट निस्केपछि कसैसँग सम्पर्क नभएको दाजु विष्णुप्रसाद दाहाल बताउँछन् ।

बेपत्ता हुनु करिब डेढ महिनाअघि मात्र उनको विवाह भएको थियो । बिहानको खाना खाने बेलामा श्रीमतीलाई एकछिन बाहिर पुगेर आउँछु भन्दै कोठाबाट निस्किएका उनी त्यसपछि आजसम्म कोही कसैसँग सम्पर्कमा नआएको परिवारका सदस्यले बताएका छन् ।

लगत्तै परिवारले ललितपुर प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो । तर, प्रहरीले पनि पत्ता लगाउन सकेन ।

रामुका घरमा बुबाआमा वृद्ध अवस्थाका छन् । साथै दाजु-भाउजू र भतिजहरू छन् । दाजु विष्णुले परिवारमा बेचैन बढेको भन्दै आफ्नो भाइलाई जहाँ भएपनि सम्पर्कमा आउन वा भेट्ने देख्ने कसैलाई ९८४२०७५८९५ वा प्रहरीमा खबर गरिदिन हुन अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *