सन्दीपलाई अमेरिका पठाउन क्यानले अगाडि बढायो भिसा प्रक्रिया – Nepal Press

सन्दीपलाई अमेरिका पठाउन क्यानले अगाडि बढायो भिसा प्रक्रिया

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढेको बताएको छ ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।

उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा आईसीसीसँग समेत पहल भैरहेको उल्लेख गरे ।

यसअघि नै टी-२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् ।

बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर