रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग – Nepal Press

रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन दिएका छन् ।

सदनमा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् ।

उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् । कुटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि उनले बुझाएका छन् ।

‘उहाँले बोलेका कुराको अडिओ तथा भिडिओ प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’


प्रतिक्रिया

One thought on “रातो पासपोर्टमा सफाइ पाइसकेको धनराजको दाबी, रविलाई अवहेलनामा कारबाही गर्न माग

  1. तोकेर भनेको छैन पासपोर्ट हुनेहरू लागि हो अब यहाँ जो जसको छ तिनीहरु तर्सिन ठिकै हो। नभएको भए किन तर्सिनु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर