इरानी राष्ट्रपति जीवित नभेटिए नयाँ राष्ट्रपति बन्नेछन् मोख्बर : अलजजिरा   – Nepal Press

इरानी राष्ट्रपति जीवित नभेटिए नयाँ राष्ट्रपति बन्नेछन् मोख्बर : अलजजिरा  

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटनाबाट उनको ज्यान गएको प्रमाणित भएमा उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन् ।

कतारी विश्व च्यानलका अलजजिराका अनुसार मोख्बरले ५० दिनमा चुनाव गराउनुपर्नेछ । इरानी कानुनले राष्ट्रपतिको मृत्यु भएका उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति भएर सरकार चलाउने प्रावधान राखेको छ । सोही सरकारले ५० दिनमा चुनाव गराउनुपर्नेछ ।

अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा हेलिकप्टरको हार्ड ल्यान्डिङ भएको घटना भएको बताइएको छ । बाक्लो कुहिरो र वर्षाले उद्धारको हेलिकप्टर घटनास्थल पुग्न नसकेका खबर सार्वजनिक भएका छन् ।

अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइन, इरानी सर्वोच्च धार्मिक नेताका प्रतिनिधि अयोतल्ला महोमद अलि अले असेमलगायत समेत भएको अलजजिराले उल्लेख गरेको छ ।

यसैबिच इरानी सर्वोच्च नेता अली खामेनीले सुरक्षा परिसदको बैठक बोलाएकोले घटनाले गम्भीर मोड लिएको अनुमान भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर