रामेछाप कांग्रेसको कार्यक्रममा कुटपिट, गाल्बाबाट भरत र जितबहादुरलगायतका नेता लखेटिए (भिडिओ) – Nepal Press

रामेछाप कांग्रेसको कार्यक्रममा कुटपिट, गाल्बाबाट भरत र जितबहादुरलगायतका नेता लखेटिए (भिडिओ)

रामेछाप । नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका छन् ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ ।

भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ ।
अधिवेशनमा आसनग्रहणको विवाद भएर कुटपिटमा परिणत भएको जानकारी आएको रामेछापका डिएसपी प्रदिपकुमार सिंहले नेपाल प्रेसलाई बताए । उनका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् ।

मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् । कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका छन् ।

लखेट्नेक्रममा ढुंगामुढा भएको थियो भने कुटाइबाट केही नेता रक्तामत्य भएका छन् । चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको कार्यक्रमका एक सहभागीले बताए । कुटाकुटपछि कार्यक्रम स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर