विपक्षी मोर्चा कस्दै कांग्रेस, देउवाले बोलाए ६ दलको संयुक्त बैठक (भिडिओ) – Nepal Press

विपक्षी मोर्चा कस्दै कांग्रेस, देउवाले बोलाए ६ दलको संयुक्त बैठक (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ । अहिले कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाल, जनमत, लोसपा नेमकिपा, जनमोर्चालगायतका नेतासँग छलफल गर्न लागेका हुन् । सरकारविरुद्ध विपक्षी दलहरूको संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको हो ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । हिजो सांसदबीच धकेलाकेलको अवस्थापछि सहमतिको सम्भावना अझै क्षीण बन्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर