ओलीमाथि धनराजको उत्तेजक व्यवहारको अन्तर्य, आम्ने साम्नेमा के भएको थियो सवाल जवाफ ? – Nepal Press

ओलीमाथि धनराजको उत्तेजक व्यवहारको अन्तर्य, आम्ने साम्नेमा के भएको थियो सवाल जवाफ ?

काठमाडौं । प्रतिनिधि सभाको आजको वैठक तनावग्रस्त भइरहँदा कांग्रेस उपसभापति धनराज गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उत्तेजितरुपमा प्रस्तुत भए । चर्को स्वरमा नाराबाजी गरिरहेका गुरुङलाई सुरुमा ओलीले कोट्याएर केही भनेलगत्तै गुरुङले ओलीप्रति उत्तेजित हाउभाउ देखाएका थिए ।

आखिर ओलीप्रति धनराज किन आक्रोशित भएका थिए ? एक एमाले नेताका अनुसार गुरुङ गृहमन्त्रीलाई जसरी पनि रोक्ने ध्याउन्नमा थिए र ओलीले सम्झाउन खोज्दा उनी उत्तेजनामा आएका हुन् ।

‘गृहमन्त्रीलाई जान दिन्नँ, म जसरी नि रोक्छु । म रोक्छु, रोक्छु । कसले छेक्न सक्छ’, भन्दै गुरुङ प्रस्तुत भएका ती नेताले बताए ।

ओलीले घेराउ गर्ने ठाउँ यो नभएको (सत्तापक्षको रो) बताउँदा गुरुङ झन् आक्रोशित बनेका थिए । ‘यो शिष्टता भएन । यो तपाईंको ठाउँ होइन, अगाडि गएर घेराउ गर्नुस,’ ओलीको भनाइ उद्धृत गर्दै ति नेताले भने ।

त्यसक्रममा कांग्रेसका धनराज गुरुङले ओलीको नजिकै गएर औंला उझ्याउँदै अभद्र व्यवहार गरेका थिए ।

गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।

संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न सभामुख देवराज घिमिरेले बोलाएपछि कांग्रेसले नाराबाजी गर्दै रोक्न खोजेको थियो । त्यस क्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद स्थगित गरेका थिए ।

उता कांग्रेसले भने सभामुख घिमिरे एमालेको निर्देशनमा चलेको आरोप लगाएको छ भने आफूहरुले अभद्र व्यवहार नगरेको दाबी गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “ओलीमाथि धनराजको उत्तेजक व्यवहारको अन्तर्य, आम्ने साम्नेमा के भएको थियो सवाल जवाफ ?

  1. कंग्रेसक नेताहरूको धेरै गल्ती देखिन्छ

  2. अभद्र व्यवहार गरेकाे नगरेकाे त भिडियो बाट छर्लङ्ग हुन्छ काँग्रेस जन, नढाट…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर