सन्दीपलाई सफाइ दिँदा अदालतले टेकेका यी दुई आधार – Nepal Press

सन्दीपलाई सफाइ दिँदा अदालतले टेकेका यी दुई आधार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै अदालतले उनलाई निर्दोष ठहर गरेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिनुपछाडि २ आधार टेकेका छन् ।

जसमा गौशाला २६ नाबालिक भन्ने दाबी प्रमाणित नभएको पहिलो आधार लिइएको छ । त्यस्तै जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको पनि इजलासको ठहर छ ।

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

उच्चको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर