निर्दोष ठहरिए सन्दीप लामिछाने – Nepal Press
Breaking

निर्दोष ठहरिए सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।


प्रतिक्रिया

4 thoughts on “निर्दोष ठहरिए सन्दीप लामिछाने

    1. धन्यबाद सुदर्शनदेव भट्ट सर र अञ्जु उप्रेती ढकाल म्याडम , huge respect 🖤

  1. देशका लागि केही गल्ती भए पनि छेम्य गरेकोमा न्यायाधीशहरू लाखौंलाख बधाई अब सबै सेलिब्रेटीले गल्ति गर्नु अगाडि हजारौं पटक सोच्दा राम्रो हो

  2. केटालाई फसाउने ठुलो हतियार नै केटी हो। केटा हो, केटीबाट टाढै बस। आफ्नो करियरमा ध्यान देउ। बिहे गर्ने समयमा एउटा संस्कारी केटी खोजेर बिहे गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर