राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस – Nepal Press
मन्त्रिपरिषद् बैठक

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो । उनी एमाले विदेश विभाग सदस्यसमेत हुन् ।
यसअघि कांग्रेस नेतृत्वको गठबन्धन सरकार रहँदा राष्ट्रपतिबाट मनोनीत सदस्यको कोटामा जनमोर्चाकी दुर्गा पौडेलका लागि भाग छुट्याइएको थियो । गठबन्धन फेरिएसँगै अन्जानले बाजी मारेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर