नेपालले हङकङमा टी-२० सिरिज खेल्ने – Nepal Press

नेपालले हङकङमा टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपालले आउँदो साता हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्ने भएको छ ।

नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित हङकङ र पिएनजी सहभागी हुनेछन् । नेपालले फागुन २६ मा नेपालले हङकङसंग फ्रेन्डसीप खेल खेल्नेछ ।

सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ । फाइनल खेल फागुन ३० गते हुनेछ । नेपालले फागुन २६ मा हङकङसंग फ्रेन्डसीप खेल खेल्नेछ ।

नेपाल क्रिकेट संघले याे सिरिजकाे औपचारिक घोषणा गरिसकेको छैन । पहिलेदेखि नै छलफल भयर अहिले टुङ्गोमा पुगेको क्यानका एक सदस्यले बताए । ती सदस्यका अनुसार प्रतियोगितामा युएइ पनि सामेल हुने कुरा थियोे । तर उसको सेड्युल नमिलेपछि तीन देश मात्रै खेल्ने तय भयको हो ।

यो प्रतियोगिताको सबै खर्च हङ्गकङ्गले व्यहोर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर