तरुण दलका नेतालाई गोली हानेको आरोपमा ४ जना पक्राउ, भारतीय सुटरको संलग्नता – Nepal Press

तरुण दलका नेतालाई गोली हानेको आरोपमा ४ जना पक्राउ, भारतीय सुटरको संलग्नता

सुर्खेत । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने डीएसपी लक्ष्मण शाहीले नेपाल प्रेसलाई बताए । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।

गिरी लक्षित गोली हान्ने भारतीय सुटर भएको स्रोतले बतायो ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *