चिटिक्क लिपिकला सजाउने चिनियाँ ‘क्यालिग्राफी’ (तस्बिरहरू) – Nepal Press

चिटिक्क लिपिकला सजाउने चिनियाँ ‘क्यालिग्राफी’ (तस्बिरहरू)

छाङ्सा (चीन)। कुनै पनि भाषामा राम्रोसँग सुन्दर अक्षर लेख्ने कलालाई क्यालिग्राफ भन्ने चलन छ। चीनमा पनि यो चलन छ। तर, अरू भाषा र चिनियाँ भाषाको क्यालिग्राफीमा तात्त्विक फरक छ।

चीनमा ‘भिजुअल आर्ट’को रूपमा यसको व्यापक प्रयोग भएको हुन्छ। चीनका थुप्रै निजी तथा सार्वजनिक अनि सामुदायिक मञ्चमा चिनियाँ क्ल्यालिग्राफी प्रयोग हुने बताउँछन् चीनको हुनान क्यालिग्राफर एसोसिएसनका उपाध्यक्ष यि युङगुआङ।

चीनको मध्य क्षेत्रको प्रान्त हुनानको राजधानी छाङ्सामा नेपाल सहित दुई दर्जन देशका आगन्तुकलाई चिनियाँ क्यालिग्राफी बारेमा जानकारी दिँदै उपाध्यक्ष यिले चिनियाँ क्यालिग्राफी सुरुमा हड्डी, काठ देखि धातु हुँदै कागजमा लेख्ने प्रचलन आएको बताए।

चिनियाँ थुप्रै सम्राट् देखी सर्वसाधारणसम्म सबैले यो कलालाई माया गरेको उनले बताए।

अमेरिकास्थित विश्वको स्थापित थिन्क ट्याङ्कका अनुसार चिनियाँ क्यालिग्राफीको सुरुवात हान वंशबाट सुरु भएको उल्लेख गरेको छ।

२०२३ मार्च १५ मा विश्व समुदायमाझमा ‘ग्लोबल सिभिलाइजेसनल इभिसिएटिभ’ ल्याएका थिए चिनियाँ राष्ट्रपति सि चीनफिङले।

चीनले सभ्यता प्रवर्द्धनको कार्यक्रममा चिनियाँ क्यालिग्राफीलाई नि प्राथमिकतामा राखेको छ। सभ्यता मुलुक भएको भनेर चीन सरकारको तहबाट सिको पालामा औपचारिक विश्व कार्यक्रम ल्याइए पनि त्यो भन्दा निक्कै अगाडि चीनलाई सभ्यता मुलुकको रूपमा व्याख्या भएको थियो।

उदाहरणका लागि सन २००९ मा बेलायती बौद्धिक मार्टिन जेकले ल्याएको पुस्तक ‘व्हेन चाइना रुल्स दि वर्ल्ड देखि चिनियाँ लेखक तथा देङ स्याओपिङका अङ्ग्रेजी अनुवादक झाङ वैवैले पनि सन २०११ मा ‘चाइना वेभ’ किताबमा चीन नेसन स्टेट नभएर सुभिलाइजेसन स्टेट भएको व्याख्यासहित लेखेका थिए ।


प्रतिक्रिया