राजेशपायलको रवाफ : अमेरिकाबाट फर्किँदा विमानस्थलमा अभूतपूर्व स्वागत (तस्बिरहरु) – Nepal Press
राजेशपायलको रवाफ : अमेरिकाबाट फर्किँदा विमानस्थलमा अभूतपूर्व स्वागत (तस्बिरहरु)
सरोज बैजु २०७८ पुष २९ गते १८:००
२०७८ पुष २९ गते १८:००

काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणपछि स्वदेश फर्किएका गायक राजेशपायल राईलाई काठमाडौं बिमानस्थलमा नायकीय स्वागत भएको छ । उनको स्वागत कुनै राजनीतिक नेतालाई गरिएजस्तो लाग्थ्यो ।

उनको स्वागतमा संगीतकर्मी र फ्यानहरु प्लेकार्ड, ब्यानर, राष्ट्रिय झण्डा र बाइकसहित विमानस्थलमा पुगेका थिए । मालाले पुरिएका राजेशपायलले हातले स्वागतमा जुटेकालाई धन्यवाद दिए ।

कुनै कलाकार विदेश भ्रमणमा जानु र फर्कनु सामान्य प्रक्रिया हो । तर, राजेशपायलको यसपटक स्वदेश आगमन सामान्य कुरा चाहिँ थिएन । न्यूयोर्कमा आयोजित कन्सर्टमा एक फ्यानले दुब्र्यबहार गरेपछि चर्चामा आएपछि राजेशपायलसँग धेरै फ्यानको भावना जोडिएको थियो । सोही भावनाले डोर्‍याएका फ्यानहरु राष्ट्रियझण्डा बोकेर एयरपोर्टमा पुगेका थिए ।