नयाँ नेतृत्व चुन्न अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन (फोटो/भिडियो) – Nepal Press
नयाँ नेतृत्व चुन्न अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन (फोटो/भिडियो)
नेपाल प्रेस २०७८ असोज १४ गते १४:४६
२०७८ असोज १४ गते १४:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ।

बुधबार राजधानीको प्रज्ञा भवन कमलादीमा शुरु भएको सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्।

४ वर्षअघि २१ औं सम्मेलन गरेको क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।